काठमाडाै । तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले काठमाडौ महानगरपालिकाका प्रमुख बालेन साहसँग भेट गरेका छन् । काठमाडौ महानगरपालिकाको कार्यालयमा पुगेर आइतबार श्रेष्ठले बालेनलाई भेटेका हुन् ।
शहर र गाउँका विकासका समस्या कस्ता हुन्छन् र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको गाउँपालिकाका प्रवक्ता विजय दरैलले जानकारी दिए ।
देशकै सबैभन्दा ठूलो महानगरपालिकाका प्रमुखसँग भेट गरी भावी योजनाका बारेमा समेत छलफल भएको दरैले जानकारी दिए । श्रेष्ठले महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गाेलसँग समेत भेटघाट गरेका छन् ।