काठमाडौ । प्रतिनिधि सभा सदस्य कलिला खानले गण्डकी प्रदेशमा वृद्धि गरिएको सवारी करबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार संसद बैठकको शुन्य समयमा बोल्दै सांसद खानले सवारी कर वृद्धिले सर्वसाधारणलाई सास्ती हुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले यस विषयमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने बताइन् ।
निजी र सवारी साधन र सार्वजनिक यातायातका साधनको कर गण्डकी प्रदेश सरकारले भारीमात्रामा वृद्धि गरेको छ । त्यसमाथि २ सय प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि सर्वसाधारणले प्रदेश सरकारको विरोध गरिरहेका छन् ।