गाउँकाे विकास नै देश विकासकाे जग : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाउँकाे विकास नै देश विकासकाे जग : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७९, मंगलवार

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा मङ्गलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

    गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “रोजगारी र सुविधा खोज्दै सहरमा बसाइँसराइ बढेपछि गाउँ रित्तो हुने अवस्थामा पुगेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गराएर गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने ।

    गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए। “तनहुँका ग्रामीण क्षेत्रमा मेरो नेतृत्वमा विकासका योजना सुरु भएको हो, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो, अधुरा योजना पूरा गराउनेतर्फ लागेको छु”, उनले भने ।

    फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको आवश्यकता रहेको जिकिर गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै त्यसलाई निरन्तरता दिइने बताए।

    यही साउन ८ गतेदेखि गृहजिल्लामा रहेका पौडेलले विभिन्न ठाउँमा जनतासँग भेटघाट गरेका छन् । पौडेलले सोमबार व्यास–७ को कलेस्ती, छापथोक, मेवाबारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु नगरपालिका–१३ को पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर, आहालेमा जनतासँग भेटघाट गरेका थिए।‍