काठमाडौ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित हासिल गरेको छ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले ३-० गोल अन्तरले जित हासिल गरेको हो।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलाले खेलको ५८औं मिनेटमा पहिलो गोल गरे। त्यस्तै खेलको ६४औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलको ८३औं मिनेटमा मनग्य नकर्मीले तेस्रो गोल थपे।
यसअघि सोमबार भएको पहिलो खेलमा पनि नेपालले मालदिभ्सविरुद्ध ४-० को जित हासिल गरेको थियो। दोस्रो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
अब नेपालले तेस्रो खेलमा साउन १५ गते आयोजक भारतको सामना गर्नेछ। राउन्ड रोबिनको अन्तिम खेल नेपालले साउन १७ गते बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।
पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। यसअघि यो प्रतियोगिता भारतले जितेको थियो।