दमाैली । भानु नगरपालिकाले भ्रमणबापत एक वर्षको अवधिमा रु ४५ लाख ५ हजार सिध्याएको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले भ्रमण बापत रु ४५ हजार पाँच खर्च रकम खर्च गरेको हो ।
नगरपालिकाले उक्त वर्ष विषयगत शीर्षक तथा कन्टिन्जेन्सी बाहेक चालु खर्च शीर्षकबाट ४५ लाख पाँच हजार खर्च लेखेको तर भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दूरीको विवरण, सवारी साधनको टिकट आदि नराखेको पाइएको छ । “जसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार रहेन,” महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा भनिएको छ ।