खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    खोटाङ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान सवा ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।