अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, मंगलवार

    गाेरखा । लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

    “झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको हो, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले भने, “पहिरो हटाएसँगै दुईतर्फि सडक पुनःसञ्चालन भएको छ ।’’

    आज मध्याह्न सडकमा माथिबाट ठूलो पहिरो खसेको उहाँको भनाइ छ । गत वर्षमा सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । सडक सञ्चालनमा आएसँगै गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारी नियमितरूपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।