चितवन । नारायणगढ मुग्लिन सडकखण्ड २३ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरोले साेमबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक मंगलबार रातिबाट सञ्चालनमा आएकाे हाे ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ केरावारी मौरीखोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका– ६ को २ र ३ नम्बर पुलको बीच र भरतपुर– २९ सत्रकिलोमा पहिरो पन्छाएपछि मंगलबार रातिबाट सडक संचालनमा आएको हो ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकसँगै पृथ्वीराजमार्ग पनि अवरुद्ध भएकाले सवारीसाधनहरू नारायणगढ, भरतपुर र गैंडाकोट क्षेत्रमा नै रोकिएका थिए ।