पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७९, बुधबार

    चितवन । पहिरोले अबरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु भएको छ । भरतपुर-२९केराबारीको मौरीपुलमा गएराति खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

    आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो । सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।