तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, सिग्देल बने अध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, सिग्देल बने अध्यक्ष

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको जिल्ला समिति घोषणा गरिएको छ । शुक्रबार आयोजित जिल्ला भेलाले उक्त पार्टीको समिति घोषणा गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विकास सिग्देल चयन भएका छन्। पार्टीको सदस्यहरुमा प्रत्येक पालिकाका सभापति पदेन सदस्य हुने व्यवस्था रहेको छ । पालिकास्तरमा पनि छिट्टै समिति गठन गरिने बताइएको छ।

    जिल्ला भेलालाई सो पार्टीका गण्डकी सभापति डा. ढाकाकुमार श्रेष्ठले सम्बोधन गरेका थिए ।