दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीलाई असर पर्ने कुनै पनि भेला तथा कार्यक्रम नगर्न आग्रह गरेको छ । कांग्रेस तनहुँले पार्टीलाई असर पर्ने कुनैपनि राजनीतिक संस्था तथा समूहको भेला तथा सम्मेलन नगर्न तथा सहभागी नहुन आग्रह गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय र साउन २० गतेको सत्ता गठबन्धनको निर्णय बमोजिम संघ र प्रदेश सभा निर्वाचनमा गठबन्धन हुने भएकाले यो निर्णय विपरितका कार्य नगर्न पार्टी समर्थित सबैलाई सूचित गरिएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।