दमाैली । समुन्नत समाज र भ्रष्टाचारमुक्त देवघाटको परिकल्पना गर्दै देवघाट गाउँपालिका–२ निवासी सामाजिक अभियान्ता खडक पामी आले मगरको नेतृत्वमा गाउँपालिकालाई सात बुँदे सुझावपत्र बुझाइएको छ । पालिकालाई सुशासनमा कायम राख्न खबरदारी गर्ने उद्देश्यले मगरको नेतृत्वमा सुझाव पत्र बुझाइएको हो ।
मगरले गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा र उपाध्यक्ष भुवनसिं गुरुङलाई भेटी सुझावपत्र बुझाएका छन् ।
सुझावपत्रमा वृद्ध अशक्त र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाभत्ता घरघरमा पु¥याउने व्यवस्था मिलाउन, सहज रुपमा विकास योजनाको भुक्तानीको व्यवस्था मिलाउन, योजना सम्झौता र भुक्तानी वडा कार्यालयबाट मिलाउन, प्रत्येक योजना प्राविधिकहरुको प्रत्यक्ष संलग्नतामा र निगरानीमा गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
यस्तै पालिकामा कर्मचारी भर्ना गर्दा कुनै आग्रह पूर्वाग्रहमा नपरी सक्षम र योग्यलाई प्राथमिकता दिन, पालिकाबाट हुने दुरगामी प्रभाव पर्ने खालका विषयमा निर्णय लिनुपर्दा राजनीतिक दल, नागरिक समाज र सामाजिक अभियान्तासँग छलफल गर्न माग गरिएको छ ।