विप्लव सहित चार कम्युनिष्ट घटकद्वारा नेपाल बन्द सहित आन्दोलनका कार्यक्रम घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विप्लव सहित चार कम्युनिष्ट घटकद्वारा नेपाल बन्द सहित आन्दोलनका कार्यक्रम घोषणा

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    काठमाडौँ । विभिन्न चार कम्युनिस्ट घटकले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विप्लव समूहबाटै चोइटिएर बनेको कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुत्त आन्दोलन घोषणा गरेको हो ।

    उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका सवालमा संघर्ष गर्ने बताएका छन् । चार नेताले शुक्रबार विज्ञप्ति जारी गर्दै १ भदौमा देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ भदौमा देशव्यापी विरोधसभा तथा माइतीघर मण्डलामा उपत्यका केन्द्रीत केन्द्रीय विरोधसभा, ६ भदौमा देशव्यापी मसाल जुलुस र ७ भदौमा नेपाल बन्द घोषणा गरेका हुन् ।