त्रिशुली नदीमा ट्रक खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशुली नदीमा ट्रक खस्यो

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    चितवन । मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ ।इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।

    अहिले मुग्लिनबाट प्रहरी टोली घटना स्थल पुगेको छ । ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।