कम्रेड गिरी हामी प्रशिक्षित हुन बाँकी नै छौ है !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    कम्रेड गिरी हामी प्रशिक्षित हुन बाँकी नै छौ है !

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    नेपाली राजनीतिका कुशल नक्षत्र सबै सबैका प्यारा नेपालका समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक कम्रेड प्रदीप गिरीको सर्वप्रथम पुर्ण स्वास्थ लाभको कामना व्यक्त गर्न चाहन्छु।

    नेपाली राजनीतिमा जबर्जस्त उदाएका गिरि आफ्नो जिवनभरी समाजसेवामा लागिरहेको हामीले बुझेका छौ। कांग्रेसलाई कांग्रेस जस्तो बनाउन नसकेकोमा सदा चिन्ता लिने गिरि उत्तिकै कम्युनिष्टलाई कम्युनिष्ट जस्तो बनाउनको लागि चिन्तित हुनुहुन्थ्यो । कांग्रेसको केन्द्रीय सदस्य रहेतापनि सदा कम्युनिष्ट आन्दोलनको मलजल गर्ने र कम्युनिस्टका कयौं कार्यक्रमहरुमा प्रशिक्षकको रुपमा आएर ज्ञान बाड्ने र हामीलाई राजनीतिको बागडोर समाल्न प्रोत्साहित गर्ने गिरीलाई मैले सदा कम्युनिस्ट चिन्तकको रुपमा नै बुझेको छु !

    नेपाली राजनीतिको दिशा निर्देशमा त्यति सन्तुष्टि नमान्ने गिरि वास्तवमा राजनीति चिन्तक नै हो ।
    मलाई थाहा छैन काग्रेंसले गिरीलाई चिन्यो वा चिनेको छैन तर कम्युनिस्टहरुले चिनेकै थिए । गिरिले अगालेको राजनीतिक यात्रा पुजीवादी चिन्तन बोक्ने यात्रा थियो उहाँ काग्रेंस हुनुहुन्छ नै उहाँले अगाल्ने र मैले बोकेको सिद्धान्त र दर्शन फरक थियो तर म उहाँको विद्यार्थी बन्न निकै रुचाउने भएकै कारण हाम्रा कार्यक्रमहरुमा प्रशिक्षकको नाममा गिरिको नाम देख्दा भित्रै देखि हृदय फ्रफुल्लित हुने गर्दथ्यो । पार्टी भन्दा देश माथी राख्ने गिरि सदा सत्य बोल्ने शाहस गरेको मैले अनुभुत गरेको छु ।

    बेला– बखतका प्रशिक्षणहरुमा म लगायत हाम्रा कम्रेडहरुले गिरिमाथि जवरजस्त प्रश्न समेत तेर्साउने गर्दथे कि तपाईं कांग्रेस कम र कम्युनिस्ट ज्यादा बुझ्नुहुन्छ अनि तपाईं कांग्रेसको नेता हुनुहुन्छ नि ?
    उहाँले अलिक घुमाउरो पाराले उत्तर दिने गरेको सम्झिरहेकै छौ ।

    कम्रेड गिरीबाट हामीले अझै नेपाली राजनीति र अबको आन्दोलन ? अहिलेको राजनीतिज्ञले समातेको बाटो र हाम्रो समाज ? हामी सामाजिक छौ वा छैनौ ? अहिलेको राजनीतिक दिशा कस्तो छ ? यावत विषयमा अझै हामिले भलाकुशारी र प्रशिक्षण लिन बाँकी नै छ ।

    नेपाली काग्रेंसका केन्द्रीय सदस्य गिरिको नाम नै नेपाली कम्युनिस्ट चिन्तक हो भन्दा फरक पर्दैन ।
    उहाँले काग्रेंसको मलजलका लागि के कति ज्ञान बाड्नुहुन्थ्यो मलाई जानकारी छैन नै तर लेनिनको जिवनी लेख्ने काग्रेंस नेता कम्रेड गिरी नै हुन् ।

    गिरिले लेनिन ( जिबनी) नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत उहाँका झण्डै एक दर्जन पुस्तक प्रकाशित नै छन् ।

    मानिस जन्मेपछी मर्नै पर्छ यो प्रकृतिको नियम नै हो । हामिले रोकेर,टारेर टार्न नसक्ने नै मृत्यु हो तर हामिलाई अझै बाटो देखाउन र अथाहा ज्ञान भण्डारण गर्न बांकी नै छ । हामीले भर्खरै राजनीतिको डोरो समात्न लागिरहेका छौ त्यसैले मलाई यो नेपाली राजनीतिमा दिशानिर्देश गर्न बांकी नै छ कम्रेड गिरि मैले अझै प्रशिक्षित हुन बांकी नै छ। त्यो ज्ञानको सागर ग्रहण गरेर मैले समाजवादको झण्डा रोप्ने नेपाली जनताबाट कसम खाएको छु । मैले बिकास र समृद्धिको नेपाली जनतालाई सपना बाँडेको छु । म मजदुर र सर्वहाराको मुहार फेर्ने अभियानमा निरन्तर लागिरहेको छु । मलाई कम्युनिस्टको मार्गदर्शन दिन,समाजबादको झण्डा बोक्न प्रोत्साहित गर्न आउनुहुनेछ भन्ने आशा र बिश्वास लिएको छु ।

    कम्रेड गिरी मलाई लेनिनको जीवनी अझैपढ्नु छ ।माक्र्सवाद र अर्थशास्त्रबारे ज्ञान लिनु नै छ त्यसैले अहिल्यै नअस्ताउनु है ।

    म पर्खिरहेका हुनेछु छिटो आउनु है ।
    कम्रेड गिरि छिटो निको हुनुस है ।
    अन्त्यमा समाजबादी चिन्तक
    नेपाली काग्रेंसका नेता प्रदिप गिरीकाे पुर्ण स्वास्थ लाभको कामना व्यक्त गर्दछु ।

    लेखक एमाले तनहुँका सदस्य हुन्