निर्वाचनमा मुस्लिम समुदायलाई उम्मेदवार बनाउन माग, दशवटै पालिकामा संयोजक तोकियो (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचनमा मुस्लिम समुदायलाई उम्मेदवार बनाउन माग, दशवटै पालिकामा संयोजक तोकियो (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७९, आईतवार

    दमाैली । नेपाल मुस्लिम सङ्घले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुस्लिम समुदायलाई उम्मेदवार बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष नेक मोहम्मद मियाँको अध्यक्षतामा शनिबार बसेको बैठकले मुस्लिम समुदायलाई पनि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनाउन नेपाली काङ्ग्रेस तनहुँसँग माग गरेको हो ।

    बैठकले दुई वटै निर्वाचन क्षेत्रका प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरी पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    जसअनुसार तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क)तर्फ प्रत्यक्षमा शेष मोहम्मद हनिफ (गोरा मियाँ), समानुपातिकतर्फ सहिदा खातुन, तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) प्रत्यक्षतर्फ रोजिना खातुन र समानुपातिकतर्फ मोहम्मद जब्बारदिन मियाँलाई उम्मेदवार बनाउन आग्रह गरिएको छ ।

    बैठकले निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन चुनावी प्रचारप्रसारका लागि दशवटै पालिकामा संयोजक चयन गरेको छ । जसअनुसार व्यासमा निजामदिन मियाँ, भानुमा असुरदिन मियाँ, बन्दीपुरमा अब्दुल गनि मियाँ, आँबुखैरेनीमा यासिर मियाँ, भिमादमा सर्फुदिन मियाँ, शुक्लागण्डकीमा मुवारक मियाँ, म्याग्देमा साविर मियाँ, देवघाटमा महेवुव खान, ऋषिङमा खोदा बक्स मियाँ र घिरिङमा मौलादिन मियाँलाई संयोजक तोकिएको छ ।

    बैठकले नेपाल मुस्लिम सङ्घ तनहुँको उपाध्यक्षमा व्यास–२ निवासी रजिम मियाँलाई नियुक्त गर्ने निर्णय गरेको छ ।