अखिल नेपाल यातायात मजदुर सङ्घकाे गण्डकी अध्यक्षमा सूर्यभक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अखिल नेपाल यातायात मजदुर सङ्घकाे गण्डकी अध्यक्षमा सूर्यभक्त

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७९, सोमबार

    पाेखरा । अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा सूर्यभक्त पाैडेल चयन भएका छन् ।

    साेमबार भएकाे भेलाले पाैडेलकाे अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा भोजराज आचार्य, उपाध्यक्षमा कपिल नेपाली, सचिवमा अर्जुन पौडेल, सह-सचिवमा श्याम कुमार ताम्राकार, कोषाध्यक्षमा राजु बयलकोटी, सह कोषाध्यक्षमा कुमार गुरुङ्ग चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा रमेश सापकोटा,दिल बहादुर थापा,राम कँडेल र कृष्ण परियार चयन भएका छन् ।