श्रेष्ठद्वारा व्यक्तिगत खर्चमा छात्राहरुलाई बास्केटबल प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    श्रेष्ठद्वारा व्यक्तिगत खर्चमा छात्राहरुलाई बास्केटबल प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमौली । व्यास नगरपालिका-२ निवासी कृष्णकुमार श्रेष्ठ (जेके) ले व्यक्तिगत खर्चमा छात्राहरुलाई बास्केटबल प्रशिक्षण सञ्चालन गरेका छन् । बास्केटबलमा दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित श्रेष्ठले प्रशिक्षण सञ्चालन गरेका हुन् ।

    व्यास-१ स्थित निर्मल माविको बास्केटबल कोर्टमा विगत एक महिनादेखि प्रशिक्षण सञ्चालन भइरहेको श्रेष्ठले बताए । प्रशिक्षणमा दमौलीका १४ देखि १८ वर्ष उमेर समूहका १४ युवतीहरुको सहभागिता रहेको छ ।

    प्रशिक्षण तीन महिनासम्म सञ्चालन हुनेछ । सॉझ ५ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन हुने उनले बताए । ‘तनहुँमा बास्केटबलका कम खेलाडी छन्, दक्ष खेलाडी उत्पादनका लागि व्यक्तिगत खर्चमै प्रशिक्षण सञ्चालन गरेको हुँ,’ उनले भने ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।