व्यास-१० मा सरसफाई केन्द्र बनाइने, जग्गा खरिदका लागि सरकारसँग स्वीकृति माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-१० मा सरसफाई केन्द्र बनाइने, जग्गा खरिदका लागि सरकारसँग स्वीकृति माग

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमौली । व्यास नगरपालिकाले वडा नम्बर १० स्थित मंगलीगैह्रामा सरसफाई केन्द्र स्थापना गर्ने भएको छ । फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले मंगलीगैह्रामा जग्गा खरिदको प्रकृया अगाडी बढाएको छ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले त्यस ठाउँको प्रस्तावित जग्गा खरिदका लागि संघीय सरकारसँग स्वीकृति माग गर्ने निर्णय भएको छ ।

    नगरपालिकालाई फोहरमैला व्यवस्थापन टाउको दुखाई बन्दै आएको छ । व्यास-३ स्थित भतेरीमा फोहर फाल्दै आइएकामा मादी नदीले त्यस ठाउँ कटान गरिदिएपछि त्यहॉ फोहर फाल्न छाडिएको थियो । व्यासले अहिले व्यास-१३ स्थित बुद्धसिं मार्गको बाटो छेउमै फोहर फाल्ने गरेको छ ।