मेयर साब नमस्कार
हुन त तपाइले सामाजिक संजाल फेसबुक चलाउनु हुँदैन होला तर मलाइ लाग्छ कोही न काेहीकाे माध्यमबाट तपाइले यो कुरा सुन्नु हुनेछ भन्नेमा म विश्वस्त छु । ठूलै सपना नदेखे पनि विगतका कमि कमजोरीलाई केल्याउदै नया ढंगले यो नगरपालिका सन्चालन गर्नु हुन्छ भन्ने मलाइ लागेको हुनाले पुन: तपाईलाई यो व्यास नपाको प्रमुखको रुपमा हामीले जिम्मेवारी दिएका थियौ । तपाईलाई प्रमुख पदमा ल्याउन सायद धेर थोर पक्कै सहयोग गरेको नाताले आज तपाईं समक्ष केही गुनासो पोख्न मन लाग्यो ।
तपाइले सुधार गर्नु पर्ने केही गतिविधिहरु
१. तपाईं सानो एउटा घेरा अर्थात केही सीमित व्यक्तिलाई मात्र लिएर बस्ने परिपाटी परिवर्तन गर्नुहाेला ।
२. सानो तिनो कार्यक्रम उद्घाटन र समापन गर्ने प्रबृत्ति हटाइ उक्त कार्यक्रमलाई वडा अध्यक्ष मार्फत शुभकामना पठाइ सम्बन्धित वडालाई नै जिम्मेवारी दिनुहोला ।
३. बिगतमा निर्बाचनमा फलानोले मलाइ असहयोग गर्यो भन्दै उस्को खेदो नखनी सबै पक्षलाई समेट्ने प्रयास गर्नु होला ।
४. व्यास नपालाई नमुना नपा बनाउन नया कार्यक्रम ल्याउनु होला । जस्तै छाब्दी खोला र बुल्दी खोला सफा राख्न प्रत्येक महिनाको अन्तिम सरसफाइ कार्यक्रम राख्ने । बाबुराम भट्टराईले बागमती सरसफाइ कार्यक्रम राखे जस्तै। खाली ठाउँमा फलफूलका बिरुवा रोप्ने आदि ।
५. योजना निर्माण गर्दा भवन निर्माण भन्दा सानै भए पनि उद्योग वा कलकारखाना सन्चालन खोल्ने राख्नु होला । जस्तै साबुन , बिस्कुट , अगरबत्ती , दुना टपरी आदि । अन्त्यमा मेरो यो अन्तिम पटक हो । त्यसैले खासै उपलब्धि मुलक कार्य गर्नु छैन भन्ने सोच्नु होला । त्यो एकदम गलत हो किनकी तपाईं एउटा संभावना बोकेको व्यक्ति हुनुहुन्छ । केन्द्रीय नेतागण पछि तपाईं नै हो तनहुँ हाक्ने प्रदेश वा संघमा । पक्कै पनि मेरा कुराले तपाई र केही व्यक्तिलाई तितो लाग्ला । तर औषधि तितो नै हुन्छ ।
तपाइको चेला
सनम तामाङ
व्यास १ हाइस्कुलटार तनहुँ