घिरिङ । राष्ट्रिय युवा संघ नेपाल घिरिङ गाउँ कमिटीको अध्यक्षमा तिलक थापा सर्वसम्मत चयन भएका छन। युवा संघको शनिबार पोखरीछापमा भएको दोस्रो अधिबेशनबाट थापाको नेत्तृत्वमा ५१ सदस्यीय कमिटी गठन भएको हो।
उपाध्यक्षमा सन्जु श्रेष्ठ, सचिवमा समर रानाभाट, सहसचिवमा नेत्र थापा र याम बहादुर थापा चयन भएका छन।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले युवाहरुकै भूमिकाका कारण घिरिङमा एमाले सधैँ विजयी हुँदै आएको बताए ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य विष्णुभक्त सिक्देल, एमाले घिरिङ सहइन्चार्ज रन बहादुर राना, राष्ट्रिय युवा संघ केन्द्रीय सचिवालय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज उज्वल खनाल, एमाले जिल्ला सदस्य तथा पुर्व युवा संघ केन्द्रीय सदस्य नर बहादुर थापा, राष्ट्रिय युवा संघ तनहुँ जिल्ला अध्यक्ष मदन तिमल्सिना, एमाले घिरिङ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।