दमाैली । व्यास नगरपालिकामा भदौ १७ गतेदेखि कोभिड विरुद्धको फाइजर खोप लगाइने भएको छ । नगरपालिकाले बुस्टर खोप, हालसम्म एक मात्रा पनि खोप नलगाएकालाई पहिलो मात्राको खोप र दोस्रो मात्रा लगाउन बाँकी व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउन लागेको हो ।
नगरपालिकाका १४ वटै वडाका १२ देखि माथिका कोभिड विरुद्धको खोप लगाएको तीन महिना पूरा भएका सबैलाई फाइज खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।