लामाचौर राष्ट्रिय महिला भलिबलः पुलिसको पोल्टामा उपाधि, स्तब्ध न्यु डायमन्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लामाचौर राष्ट्रिय महिला भलिबलः पुलिसको पोल्टामा उपाधि, स्तब्ध न्यु डायमन्ड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । न्यु डायमन्ड युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । बुुधबार भएको फाइनल खेलमा पुुलिसले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

    नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीज महोत्सवको अवसरमा आयोजना गरेको महिला भलिबलमा दर्शकको साथ भरपुर पाएको न्यु डायमन्ड खेलमा चम्कन सकेन ।

    पहिलो सेटमा पुलिसले डायमन्डलाई २५–१५ को स्कोरमा पराजित ग¥यो । पहिलो सेटमा पराजित भएपछि दोस्रो सेटमा डायमन्डका खेलाडीले झनै खराब प्रर्दशन गर्दा पुलिसले २५–१४ को स्कोरमा जित निकाल्न सफल भएको छ ।
    तेस्रो सेट त डायमण्डले लज्जास्पद हार व्यहोरेको थियो । २५–८ को स्कोरमा जित निकाल्दै पुलिसले उपाधि रक्षा गरेकोे हो ।

    उपाधिसँगै पुलिसले एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो ।

    विधागततर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट सेटर न्यूू डायमण्डकी प्रगति नाथ, ब्लकर आर्मीकी सफिया पुन, सर्भर न्यु डायमण्डकी सलिना बुढा मगर, स्पकाइकर पुुलिसकी कामना विष्ट, डिफेन्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट कोच पुुलिसका हृदयश विष्ट घोषित भए ।गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।

    आर्मीले गण्डकीलाई २५–१७, २५–१७ र २५–१५ को स्कोरमा पराजित गरेको हो । तेस्रो भएको आर्मीले ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।

    महिला भलिबलमा चार समूह सहभागी थिए ।

    पुुरुषतर्फ फाइनलमा गण्डकी र पुलिस भिड्ने

    लामाचौर तीज महोत्सवमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय पुुरुष भलिबलको उपाधि होडमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

    बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

    पुलिसले आर्मीलाई ३–१ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । पहिलो सेट २६–२४ को स्कोरमा पुलिसले जित निकाल्यो । दोस्रो सेटमा २५–१९ को स्कोरमा जित निकालेको पुलिस तेस्रो सेटमा भने पराजित भयो ।

    आर्मी तेस्रो सेटमा २५–१८ को स्कोेरमा विजयी भएको हो । चौथो सेटमा २५–१९ स्कोरको जित निकाल्दै पुलिसले गण्डकी प्रदेशसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

    गण्डकी प्रदेशले बिहीबार एपिएफलाई ३–२ को सेटमा पराजित गर्दैै फाइनल पुगेको थियो । बिहीबार तेस्रो स्थानका लागि आर्मी र एपिएफ भिड्ने छन् । फाइनल पनि बिहीबार हुने आयोजकले जनाएको छ ।

    पुरुषतर्फको खेलमा पाँच समूह सहभागी थिए । मणिमुकुन्द भलिबल क्लब लगातार पराजित हुँदै बाहिरिएको छ । पुरुषतर्फको विजेताले एक लाख ५० हजार १११ रुपैयाँ, उपविजेताले एक लाख १११ रुपैयाँ र तेस्रो हुनेले ५० हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।