पहिरोले नारायणगढ – मुग्लिन सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले नारायणगढ – मुग्लिन सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । चितवनको भरतपुर महानगर वडा २९ स्थित केराबारीमा पर्ने नारायण मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। बिहान पौने ६ बजे उक्त सडक खण्डमा लेदोसहितको पहिरो झरी बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनायो।

    पहिरो स्थलमा प्रहरी टोली पुगिसकेको र सडक विभागसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।