तनहुँ-१ मा सर्वसम्मत हुन सकेनन् पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा सर्वसम्मत हुन सकेनन् पाैडेल

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लगायत केही शीर्ष नेता मङ्सिर ४ गतेकाे निर्वाचनका लागि विभिन्न जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएपनि प्रधानमन्त्रीकाे दाैडमा रहेका वरिष्ठ नेता रामचन्द्र पाैडेल भने सर्वसम्मत सिफारिस हुन सकेनन् ।

    देशले आफूलाई कार्यकारी भूमिकामा खाेजेकाे छ भन्ने अभिव्यक्ति दिएपछि झनै चर्चामा आएका पाैडेल जिल्लाबाट सर्वसम्मत सिफारिस हुन नसकेका हुन् ।

    नेपाली काङ्ग्रेस तनहुँले पाैडेल सहित केन्द्रीय सदस्य शङ्कर भण्डारी र गाेविन्द भट्टराईकाे नाम सिफारिस गरेकाे छ ।

    क्षेत्रीय कार्यसमितिबाट सिफारिस भइआएकाे नामावली जिल्लाले केन्द्रमा सिफारिस गरेकाे जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोख्रेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन् ।

    प्रतिनिधिसभाका लागि डा. शेषरमण न्याैपाने र शिवहरि धितालले पनि आवेदन दर्ता गराएपनि क्षेत्रीय कार्यसमितिले भने तीन जनालाई मात्रै सिफारिस गरेकाे हाे ।

    प्रदेशतर्फ भने धेरै आकाङ्क्षाी भएपछि सबैकाे नाम सिफारिस गरी पठाइएकाे छ । तनहुँ-१ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस भएका छन् ।

    प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दिपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ ।