दमाैली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस भएका छन् । एमाले क्षेत्रीय कमिटीकाे आइतबार डुम्रेमा बसेकाे बैठकले रानालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे एमाले केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य भगवती न्याैपानेले जानकारी दिइन् ।
यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकाल सिफारिस भएका छन् ।
प्रदेश (ख) का लागि इन्द्रबहादुर कुंवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठ सिफारिस भएका छन् ।