दमौली । क्यान्सर पीडित म्याग्दे-७ निवासी वीरेन्द्र पौडेललाई टिम नेपो तनहुँले आर्थिक सहयोग गरेको छ । उनको उपचारमा सहयोग पुर्याउन टिम नेपोले सात हजार ६ सय ३० सहयोग गरेको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकाले संस्थाको तर्फबाट पनि केही राहत होस् भन्ने उद्धेश्य सहित सहयोग गरिएको टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
टिम नेपो तनहुँले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।