मिन माविमा मेगा बैंकको वित्तीय साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मिन माविमा मेगा बैंकको वित्तीय साक्षरता

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७९, बुधबार

    दमाैली । मेगा बैंक नेपाल लिमिटेड जामुने शाखाले म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मिन माध्यमिक विद्यालयमा बुधबार वित्तीय साक्षरता सञ्चालन गरेको छ । विद्यालयका शिक्षक तथा प्लस २ व्यवस्थापन संकायका विद्यार्थीलाई लक्षित गरी बैंकले वित्तीय साक्षरता सञ्चालन गरेको हो ।

    सो क्रममा शिक्षक तथा विद्यार्थीलाई बैकिङ, शेयर लगानी तथा डिजिटल बैंकिङका बारेमा जानकारी गराइएको थियो ।

    कार्यक्रममा बैंकका प्रबन्धक विश्वराज पौडेल र सहायक कर्मचारी अर्जुन घिमिरेले सहजीकरण गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले वित्तीय साक्षरता कार्यक्रमले बैकिङ सेवाका बारेमा शिक्षक तथा विद्यार्थीलाई जान्ने अवसर मिलेको भन्दै बैंकप्रति धन्यवाद ज्ञापन गरे ।