


काठमाडौ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएको छन् ।शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले आफूले नेपालको कानूनमा पूर्ण विश्वास लिएको भन्दै क्यारेबियन क्रिकेट लिग (सीपीएल)बाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।
उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।
नेपाल प्रहरीले उनीविरुद्ध बिहीवार पक्राउ पुर्जी जारी गरेको छ । उनलाई क्रिकेट संघले कप्तानबाट निलम्बन गरेको छ ।
