दमौली ल्याइएको पानी गुणादीका युवाद्वारा बन्द , पौडेलले सार्वजनिक माफी माग्नुपर्ने अडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    दमौली ल्याइएको पानी गुणादीका युवाद्वारा बन्द , पौडेलले सार्वजनिक माफी माग्नुपर्ने अडान

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७९, शनिबार

    दमाैली । तनहुँकाे म्याग्देस्थित गुणादीका युवाहरुले दमौलीमा ल्याइएको पानी बन्द गराएका छन् । दमौली खानेपानी उपभोक्ता संस्थाले गुणादीबाट ल्याएर दमौलीवासीलाई वितरण गर्दै आएको पानी गुणादीका युवाहरुले शनिबारदेखि बन्द गराएका हुन् ।

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जामुनेको पानीलाई चुना परेको पानी भनेर सार्वजनिक रुपमा भनेपछि आक्रोशित युवाहरुले शनिबारदेखि पानी बन्द गरिदिएका हुन् ।

    शुक्रबार दमौलीमा आयोजित पाटीको कार्यक्रममा पौडेलले भनेका थिए, ‘गुणादीको चुना परेको पानी खाँदा दमौलीमा मानिस बिरामी परेँथे, अहिले हेर्नुस् त मादीको पानी खाएपछि सबै निरोगी भए ।’

    पौडेले सार्वजनिक रुपमा माफी नमागेसम्म पानी नखोलिने युवाहरुले बताएका छन् ।