काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्षमा बसन्त विश्वकर्मा चयन भएका छन् । समितिको सोमबार सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट विक सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिको प्रथम उपाध्यक्षमा प्रितम पोखरेल, द्वितीय उपाध्यक्षमा सुमन थापा मगर, महिला उपाध्यक्षमा सपना रोका, सचिवमा सविन आचार्य, कोषाध्यक्षमा टेजराज भण्डारी, सहसचिवमा बसन्तराज विक, सहकोषाध्यक्षमा श्याम बुर्लाकोटी चयन भएका छन् ।