म्याग्दे गाउँपालिकाले निस्सा वितरण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाले निस्सा वितरण गर्ने

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७९, बिहीबार


    दमौली । म्याग्दे गाउँपालिकाले भूमिहिव दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्ने भएको छ । लगत संकलन कार्यविधिको अनुसूची ३ र ४ बमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

    निस्सा वितरण कार्यक्रम असोज १ गते ७ नं वडा कार्यलयमा, असोज ५ गते ३ र १ को वडा कार्यलयमा, असोज ९ गते वडा नं ४ र ६ मा असोज १० गते ५ नं वडा कार्यलयमा र असोज ११ गते २ नं कार्यलयमा वितरण गर्ने पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।