दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीमा भर्ना खुलेको छ । आजदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालय तनहुँमा आवेदन दिन सकिनेछ ।
स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेकालाई विशेष प्राथमिकता दिइने प्रहरीले जनाएको छ । यस्तै पूर्व प्रहरी, पूर्व सेनालाई पनि छनोटमा प्राथमिकता दिइने बताइएको छ ।