दमाैली । मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोलाले तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काङ्ग्रेस परित्याग गरेका बास्तोलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यथास्थितिवादका विरुद्ध र परिवर्तनको पक्षमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बास्तोलाले बताए । “मेरो उम्मेदवारी के का लागि भन्ने सम्बन्धमा क्रमशः धारणा राख्दै जानेछु,” बास्तोलाले भने ।
३६ वर्षे लामो राजनीतिक यात्रामा अग्रजहरु, राजनीति सहकर्मी र शुभचिन्तकहरुबाट प्राप्त साथ र सहयोग नै आफ्नो तागत भएको बास्तोलाले प्रष्ट पारे ।