तनहुँ-१ मा पौडेलसँग भिड्न तीन स्वतन्त्र उम्मेदवार, एमालेबाट को ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा पौडेलसँग भिड्न तीन स्वतन्त्र उम्मेदवार, एमालेबाट को ?

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ-१ को प्रतिनिधि सभा सदस्यका लागि तीन जनाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।निर्वाचनको मिति नजिकिँदै जॉदा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

    नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तिम पटक चुनावी मैदानमा उत्रिने निश्चित छ । पौडेल तनहुँ-१ बाट निर्वाचन लड्ने भएपछि वहालबाला सांसद एवं नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसान बारा-४ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

    पौडेलसँग भिड्नका लागि स्वतन्त्र उम्मेदवारी दिनेमा कांग्रेसका पूर्व सचिव विश्व बॉस्तोला, मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ र युवा प्रवीण पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

    नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यता नेकपा एमालेका तर्फबाट को उम्मेदवार बन्छ भन्ने निश्चित छैन । प्रत्यक्षमा सिफारिस भएका एकबहादुर राना समानुपातिकमा पनि सिफारिस भएकाले उनी प्रत्यक्ष चुनाव लड्ने पक्षमा नरहेको बताइएको छ।