डेंगु नियन्त्रणका लागि व्यासको ‘१० बजे १० मिनेट’ अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेंगु नियन्त्रणका लागि व्यासको ‘१० बजे १० मिनेट’ अभियान

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७९, शुक्रबार

    दमौली । डेंगु नियन्त्रणका लागि व्यास नगरपालिकाले अभियान चलाउने भएको छ। केही समययता तीव्र गतिमा फैलिएको डेंगु नियन्त्रणका लागि नगरपालिकाले प्रत्येक शनिबार ‘१० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न लागेको हो ।

    सबै जागौ, सबै लागौ : वरिपरि जमेको पानी हटाई डेंगु भगाऔ नाराका साथ डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँको खोजी गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । लामखुट्टेले फूल पार्ने ठाउँ खोजेक नष्ट गर्न हरेक वडामा अभियान सञ्चालन हुने सोतीले बताए ।