‘गोविन्दराज जोशीसँग सहकार्य गर्न चाहन्थे, उहाँ उट्पट्याङ गर्दै हिँड्नुभयो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘गोविन्दराज जोशीसँग सहकार्य गर्न चाहन्थे, उहाँ उट्पट्याङ गर्दै हिँड्नुभयो’

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७९, शनिबार

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसँग पनि सहकार्य गर्न चाहेको बताएका छन् । तर उनी उट्पट्याङ गर्दै हिँडेको पौडेलले बताए ।

    ऋषि धमलासँगको एक अन्र्तवार्तामा पौडेलले भने, “उहाँसँग सहकार्य गर्न नचाहेको होइन, उहाँ त उछिट्टिएर एमालेमा गइसक्नुभयो, अब उहाँलाई के मिलाउने हो, उट्पट्याङ कुरा गरेर हिँड्न थालेपछि मेरो के लाग्छ ?’

    जोशीको बारेमा आफूले कहिल्यै नकारात्मक टिप्पणी नगरेको पौडेलको भनाई थियो । ‘म त जिताउनै लागेको हो, हराउन कहिल्यै लागिन,’ पौडेलले भने ।

    आफू तनहुँ–१ बाट चुनाव लड्ने बताउँदै अहिलेका सांसद कृष्णकुमार श्रेष्ठलाई मिलाउने जिम्मा माधव नेपालको भएको पौडेलले बताए ।