दमौली । व्यास नगरपालिका-५ स्थित मानुङ पर्यटकीय मार्गको उद्घाटन हुने भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले उक्त मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सोमबार आयोजना हुने कार्यक्रममा चौधरीले उक्त मार्गको उद्घाटन गर्ने नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।
शहरी विकास मन्त्रालयको आर्थिक लगानीमा उक्त मोटरमार्ग कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि मानुङकोट पुग्ने सर्वसाधारणलाई सहज भएको छ ।