दमौली । संविधान दिवसको अवसरमा व्यास नगरपालिकामा सरसफाई गरिएको छ । दिवसको अवसरमा आइतबार कार्यालय परिसरमा सरसफाई गरिएको हो ।
सरसफाईमा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला लगायत कर्मचारीको सहभागिता थियो ।
दिवसकै अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै हरेक महिनाको २ गते हुने नगरवासीसँग संवाद कार्यक्रम पनि सम्पन्न भएको जनाइएको छ ।