दमाैली । भर्याङबाट लडेर घाइते भएका तनहुँ सहयोगी समूहका कार्यक्रम संयोजक श्रीराम कंडेलको निधन भएको छ । व्यास नगरपालिका–१२ छाब्दी निवासी कंडेलको पोखरामा उपचारका क्रममा आइतबार निधन भएको हो ।
चार दिन अगाडी व्यास–२ स्थित कार्यालय भवनमा भर्याङबाट लडेर कंडेल घाइते भएका थिए ।एचआइभी सङ्क्रमितको पक्षमा काम गर्दै आएका कंडेलले कोभिडका बेला घरघरमै पुगेर एचआइभी सङ्क्रमितलाई औषधी वितरण गरेका थिए ।
कंडेलकाे आइतबार नै दमाैलीस्थित सेतीमादी घाटमा दाहसंस्कार गरिएकाे छ ।