दमौली । संविधान दिवसको अवसरमा सोमबार दमौलीमा प्रभातफेरी निकालिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सुरक्षा निकायका प्रमुख एवं कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले संविधानको कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताए ।