दमौली । संविधान दिवसको अवसरमा टिम नेपो तनहुँले व्यास-५ पराशर क्षेत्रमा सरसफाई गरेको छ।
टिम नेपोले धार्मिक पर्यटकीयस्थल पराशर क्षेत्रमा सोमबार सरसफाई गरेको हो ।
कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यालय तनहुँका अध्यक्ष तारानाथ घिमिरे, टिम नेपो तनहुँका पूर्व अध्यक्ष एवं सल्लाकार गोविन्द तिमल्सिना लगायतले टिम नेपोले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।
टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले टिम नेपो तनहुँले विगतका वषदेखि नै वातावरणको क्षेत्रलाइ समेटेर वातावरणको सरसफाइ, वृक्षारोपण, वायु प्रदुषण न्यूनीकरण, शिक्षा तथा युवा नेतृत्व विकासको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।