


दमौली । व्यास-५ चापाघाटस्थित शान्तिवर्ष अंग्रेजी माविमा संविधान दिवस मनाइएको छ ।
कार्यक्रममा विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा योगिता घिमिरे, कक्षा ९ मा अध्ययनरत छात्रा अरुणिमा खनाल, कक्षा ८ मा अध्ययनरत छात्रा स्मीता पन्थले संविधानको बारेमा मन्तव्य राखेका थिए । कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्राहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बृषराज श्रेष्ठ, संरक्षक डम्बरदेव कैनी, सदस्य विष्णुकुमार श्रेष्ठ, अधिवक्ता शिवराज काफ्ले, प्रधानाध्यापक दिपक सिग्देल लगायतले संविधानको महत्व प्रकाश पारेका थिए ।