तमु विद्यार्थी छोंज धी द्वारा दु्र्गा मन्दिर सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तमु विद्यार्थी छोंज धी द्वारा दु्र्गा मन्दिर सरसफाई

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७९, सोमबार

    दमौली । नेपाल तमु विद्यार्थी छोंज धी तनहुँले संविधान दिवसको अवसर पारेर व्यास-३ स्थित दुर्गा मन्दिरमा सरसफाई गरेको छ ।

    संस्थाका अध्यक्ष मिलन तमुको अध्यक्षतामा संविधान दिवसको अवसर पारेर सोमबार मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

    सो अवसरमा व्यास-३ का वडाध्यक्ष अनुप राना, व्यास-४ का वडाध्यक्ष मनबहादुर गुरुङ, तमु ह्युल छोंज धीं तनहुँका अध्यक्ष देवबहादुर तमु, दुर्गा मन्दिर संरक्षण समिति अध्यक्ष केशकुमारी राना, सचिव ठाकुरप्रसाद पौडेल, सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठ सहभागी थिए ।