समानुपातिकको बन्दसूचीमा समानुपातिक व्यवहार भएन : अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समानुपातिकको बन्दसूचीमा समानुपातिक व्यवहार भएन : अधिकारी

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७९, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले समानुपातिकको बन्दसूचीमा समानुपातिक व्यवहार नभएको गुनासो गरेका छन् । पार्र्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा समानुपातिक व्यवहार नभएको अधिकारीले बताएका छन् ।

    “अपुष्ट जानकारी अनुसार समानुपातिक बन्द सूचीमा समानुपातिक व्यवहार अपनाएको पाइएन, यस विषयमा जिम्मेवार तहमा बस्नुहुने नेताहरुको ध्यान पुगोस्,” उनले भने ।

    अधिकारी तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ बाट प्रत्यक्षमा चुनाव लड्न चाहन्छन् । तर उक्त क्षेत्र गठबन्धनका क्रममा नेकपा माओवादीलाई पर्ने भएपछि अधिकारीले समानुपातिकमा इच्छा देखाएका छन् ।