दमाैली । तनहुँ क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा सदस्यका लागि विष्णु पराजुलीले उम्मेदवारी घाेषणा गरेका छन् । बुधबार दमाैलीमा पत्रकार सम्मेलन गर्दै पराजुलीले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरेका हुन् ।
पराजुलीले लाैराे अभियानबाट उम्मेदवार बन्न लागेकाे बताए । स्वतन्त्र सरकार निर्माण गराै : भ्रष्टहरुलाई विदाई गराै भन्ने नारा सहित आफू उम्मेदवार बन्न लागेकाे पराजुलीले बताए ।
साे क्रममा पराजुलीले ५२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।