कास्की ३(ख) मा देवेन्द्रको सम्भावना बलियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    कास्की ३(ख) मा देवेन्द्रको सम्भावना बलियो

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७९, आईतवार

    पोखरा
    देश दसैंमय छ । दसैंसँगै राजनीतिक सरगर्मी पनि चढ्दैैछ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ताको मिति नजिकिएसँगै दलहरु उम्मेद्वार छनोटको कसरतमा छन । उम्मेद्वारका आकंक्षीहरु पनि टिकट लागि दौडधुप गरिरहेका छन ।


    बुढा र पुराना जनप्रतिनिधिबाट वाक्क भएका जनताले युवा, सक्षम र क्षमतावान उम्मेद्वार खोजिरहेको गएको स्थानीय तहको निर्वाचनले प्रमाणित गरिदिएको छ । कास्कीका जनता यसपालि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा उम्मेद्वारलाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्ने पक्षमा देखिन्छन ।


    विकास र सम्बृद्धीका लागि लोकप्रिय युवाको खोजि भईरहेको समयमा कास्की ३(ख) मा नेपाली कांग्रेसले युवा व्यवसायी देवेन्द्र केसीलाई टिकट दिने सम्भावना बलियो बनेको छ । इतिहासको ब्याज खाने नेता भन्दा उर्जाशिल युवाको आवश्यकता भएको वहस हुन थालेकाले केसीलाई पार्टीले प्रदेश सभाको चुनाव लड्नलाई टिकट दिने चर्चा कास्की कांग्रेस वृत्तमा व्यापक छ ।

    नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य उनलाई प्रदेश सभा सदस्य उम्मेद्वार बन्नका लागि सिफारिस गरिसकेको छ ।पोखरेली जनतामा सामाजिक र व्यवसायीक छवि बनाएका उनले टिकट पाएको खण्डमा अत्याधिक मतले विजयी हुने बताए । ‘पेसेवर राजनीतिले हैन् क्षमताको आधारमा नेतृत्व स्थापित हुनुपर्छ’, उनले भने । अग्रजको अनुभवलाई सम्मान गर्दैै नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उनी बताउँछन् ।

    ३६ बर्षीय केसी सफल युवा व्यवसायी हुन । उनले केसी कुटी ग्रुपका दर्जन बढी व्यवसायीक संस्थालाई हाकिरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ । सिर्जनशिल राजनीतिकर्मीको छवि बनाएका उनले चार सय बढीलाई रोजगारी समेत दिएका छन् ।

    राजनीति फोहोरी खेल भईरहेको बेला केसी जस्ता उद्यमशिल र सिर्जनशिल युवाहरुको उपस्थिती भएमा देशले काँचुली फेर्नेमा जनता पनि आशावादी बनेका छन् ।

    केसीले केही समय अगाडी सम्पन्न भएको पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा भारी मतान्तरले विजयी भएका थिए । पोखरेलीमाझ उनी कति लोकप्रिय छन भन्ने उनले उद्योग वाणिज्य संघको चुनावमा प्राप्त गरेको मतले पुष्टी गरिसकेको छ । केसीले एक हजार ७९१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका थिए । केसी निर्वाचन मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेद्वार पराजित हुदा उनी भारी मतान्तरले विजयी भएका हुन ।