दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले समानुपातिकको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएको भनिएपनि उनको नाम बन्दसूचीमा समावेश रहेको पाइएको छ । नेपाली काङ्ग्रेसले बुधबार सार्वजनिक गरेको नामावली सूचीमा भट्टराईको पनि नाम भेटिएको हो ।
भट्टराईको नाम खसआर्यको चौथो नम्बरमा छ । पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशरण महत छन् । दोस्रो नम्बरमा बसन्त भट्टराई र तेस्रो नम्बरमा आनन्दप्रसाद ढुङ्गाना छन् ।
भट्टराईले भने आफूले उम्मेदवारी फिर्ता लिएको र अब तनहुँ–१ बाट प्रत्यक्षमा निर्वाचन लड्ने बताएका थिए ।