यी हुन् प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवार, बारा-४ मा किसान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यी हुन् प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवार, बारा-४ मा किसान

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७९, शनिबार

    काठमाडौ । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै दलहरु उम्मेदवार चयनमा लागेका छन् । 

    सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

    एकीकृत समाजवादीले भने १९ उम्मेदवारको टुंगो पनि लगाएको छ । पार्टीको भातृसंगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले दिएको जनाकारी अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यस प्रकार छन् :

    १, इलाम क्षेत्र न. १ – झलनाथ खनाल 
    २, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा 
    ३, रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल 
    ४, बारा क्षेत्र न. ४ – कृष्णकुमार  श्रेष्ठ 
    ५, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ 
    ६, ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन 
    ७, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
    ८, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा 
    ९, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल 
    १०, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री 
    ११, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे 
    १२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ 
    १३, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी 
    १४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
    १५, डोल्पा – धनबहादुर बुढा मगर 
    १६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा 
    १७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर 
    १८, बझाङ – भानुभक्त जोशी 
    १९, डोटी – प्रेमबहादुर आले