नेकपा एसकी उम्मेदवार कलिला भन्छिन् : कारवाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    नेकपा एसकी उम्मेदवार कलिला भन्छिन् : कारवाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७९, मंगलवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ मा उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी नेतृ कलिला खानले उम्मेदवारी फिर्ता नलिने बताएकी छन् । सत्तारुढ दलको गठबन्धनको मंगलबार काठमाडौमा बसेको बैठकले सहमति विपरित उम्मेदवारी दिएका सबै ठाउँमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिएसँगै खानले आफूले उम्मेदवारी फिर्ता नलिने बताइन् ।

    उनले आफू बरु गठबन्धनको कारवाही भोग्न तयार रहेको बताएकी छन् । उनले भनिन्, “म कारवाही भोग्न तयार छु, केपीले गरेको कारवाही पनि भोगेको हो, गठबन्धनको कारवाही पनि मलाई स्वीकार्य छ ।”

    तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ ।